काठमाडौँ, १३ मङ्सिरः काठमाडौँका विभिन्न स्थानमा रहेका स्पा तथा मसाज सेन्टरमा व्यावसायिक तथा सार्वजनिक मर्यादाविपरीत गतिविधिमा संलग्न भन्दै प्रहरीले १४ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले आज उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउपर्नेमा १३ महिला र एक पुरुष रहेको काठमाडौँ प्रहरीले जनाएको छ ।
स्वरोजगार गरेर मसाज सेन्टरमा काम गर्दै आएकाहरुलाई प्रहरीले पक्राउ गर्ने गरे पनि वैकल्पिक रोजागरी सरकारले दिन भने सकेको छैन ।
