विद्युत् प्रसारण
बागलुङ, १३ मङ्सिरः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङको निसेलढोरमा यसै वर्ष केन्द्रीय विद्युत् सेवा विस्तार गर्ने बताउनुभएको छ ।
बागलुङको प्रसिद्ध पर्यटकीयस्थल ढोरपाटनमा बिहीबार केन्द्रीय विद्युत् सेवा पुगेको उल्लेख गर्दै उहाँले त्यसको करिब ११ किलोमिटर टाढा अवस्थित निसेलढोरमा पनि यसै वर्ष विद्युत् पु¥याउने लक्ष्य रहेको बताउनुभयो । यससँगै गण्डकी प्रदेशमा शतप्रतिशत विद्युतीकरण हुने उहाँको भनाइ थियो । बागलुङ नगरपालिका–१० स्थित दब्ल्याङ पहिरो निरीक्षणपछि मन्त्री श्रेष्ठले निसेलढोरमा विद्युत् विस्तारको काम अघि बढाइने बताउनुभएको हो ।
“चुनौतीका बीच ढोरपाटनमा केन्द्रीय विद्युत् पुगेको छ । त्यहाँबाट ११ किलोमिटर टाढा रहेको निसेलढोरमा सम्भवतः यसै वर्ष विद्युत् पु¥याउँछौँ । त्यसपछि गण्डकीमा शतप्रतिशत विद्युतीकरण हुन्छ”, उहाँले भन्नुभयो । मन्त्री श्रेष्ठले दब्ल्याङ पहिरोको दिगो समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाउँदै नियन्त्रणका लागि बायोइन्जिनियरिङ विधिसमेत अपनाउनुपर्ने बताउनुभयो ।
रासस
